विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ हजार १४६ पुगेको छ ।
अहिलेसम्म विश्वभर ८ लाख ५८ हजार ३७१ जना कोरोनाबाट संक्रमित भएका छन् भने सङ्क्रमितमध्ये १ लाख ७७ हजार ९३१ उपचारपछि घर फर्किएका छन् । अहिले ६ लाख ३८ हजार २९४ जनामा कोरोना भाइरस सक्रिय देखिएकाहरू मध्ये ३२ हजार ८९८ जना भने गम्भीर अवस्थामा रहेका छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा क्रमशः इटाली, स्पेन, अमेरिका रहेका छन्।
अमेरिकामा सबैभन्दा बढी काेराेना संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा १ लाख ८८ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । मंगलबार मात्रै अमेरिकामा २४ हजार ७ सयभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३५७ जनाको मृत्यु भएको छ भने ७३ हजार भन्दा बढी संक्रमित भएका छन्।