काठमाण्डौ । राम कृष्ण ढकाल र उनकी श्रीमती निलम चितवनमा भेटिएका छन।आफ्नो सांगीतिक प्रस्तुतिका लागि रामकृष्ण चितवन पुगेका हुन् ।
चितवनमा आयोजित हात्ती महोत्सवमा राम कृष्ण ढकाल, निलम शाह ढकाल र छोरी रानी ढकाल संगै देखिएका थिए ।
कार्यक्रममा उनले ‘मन पराउने हजार भेटिन्छन’, ‘ओराली लागेको हरिणको चाल भयो…’, ‘पहाडको छुकछुके रेल…’ लगायतका उनका अन्य चर्चित गीतहरु गाएका थिए ।
केहि दिनअघि पनि काठमाण्डौको सोल्टी होटलमा आयोजित अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले कार्यक्रममा ढकाल दम्पती छोरी रानीको साथमा पुगेका थिए ।
जिल्ला अदालत काठमाडौंबाट कानूनी रुपमा ढकाल दम्पती सम्बन्धविच्छेद गरेका छन् । अदालत श्रेष्तेदार आनन्द श्रेष्ठले का अनुसार निलमले अंश नलिने गरी ढकाल र निलमको डिभोर्स भएको हो । तर उनीहरु विभिन्न कार्यक्रमहरुमा एकैसाथ देखिन्छन जसका कारण यो सम्बन्ध विच्छेदका बारेमा कतिपय अन्योलता सृजना गरको पाइन्छ।
ad space