Wednesday, December 2, 2020
Online Awaj > समचार > यी बलिउड कलाकार, जसले चलचित्रकर्मीसँगै लगनगाँठाे कसे

यी बलिउड कलाकार, जसले चलचित्रकर्मीसँगै लगनगाँठाे कसे

काठमाडाैं, असार २९– चलचित्रमा काम गर्दा कलाकारले एक अर्कालार्इ चिन्ने मौका पाउछन। कसैले आफूभन्दा सिनियर, जुनियर कलाकारसँग काम गर्ने अवशर समेत  पाउछन। सँगै वा एकसाथ काम गर्नाले कुनै कलाकारले एउटा असल साथी पाउछन त कसैल जीवनसाथी।

काम गर्दैजाँदा उनीहरुको सम्बन्ध बढ्छ र एकअर्काको निकट हुन्छन। त्यो सम्बन्ध त्यतिकै सकिदैन काम गर्दागर्दै उनीहरु प्रेममा पर्छन। त्यो प्रेम सम्बन्धलार्इ उनीहरू विहेमा परीणत गर्छन।  यस्ता थुप्रै बलिउडका कलाकार छन् जाे चलचित्रकर्मीसँगै  मै दाम्पत्य जीवनमा जाेडिए।

अमिताभ बच्चन र जया भादुडी


बलिउडका महानायक अमिताभ बच्चन र जया भादुडीको प्रेम कथा ऋषकेश मुखर्जीको फिल्म गुड्डीबाट शुरु भएको  थियो।  उनको प्रेमलाई  अहिले ४४ वर्ष भएको छ।

अजय देवगन  र काजोल


बलिउडमा सबैभन्दा शान्त र सुन्दर तरिकाले रहने जोडि हो अजय र काजोलको जोडि। यिनीहरुबीच आजसम्म कुनै बादविवाद र मनमुटाव भएको कुनै खबर बाहिर आएको छैन।  अजय  देवगन र काजोलले पहिलो पटक फिल्म हलचलमासँगै काम गरेका थिए।

अक्षय कुमार ट्विकल खन्ना

बलिउडमा खेलाडीका खेलाडी र बादशाह भनेर चिनिने कलाकार हुन्, अक्षय कुमार। बलिउडको सुन्दर जोडी मानिने जोडिमा एक हो अक्षय कुमार र  ट्वींकल खन्नाको जोडी। यो जोडीले  दुर्इ चलचित्र इन्टरनेशनल खेलाडी र जुल्मीमासँगै काम गरेका थिए।

रितेश देशमुख र जेनेलिया डिसूजा


रितेश देशमुख र जेनेलिया डिसूजा फिल्म तुझे मेरी कसमको स’टिङका क्रममा असल साथी  बने। उनिहरुले त्यो मित्रतालाई ९ वर्षको लामो समयपछि विवाहमा परीणत गरे।

धमेन्द्र र हेमा मालीनी


बलिउडमा सुन्दर अभिनेत्रीको उपमा पाएकी ड्रिम गर्ल हेमा मालीनी र धर्मेन्द्रले चलचित्र तुम हसिनमै जवानमासँगै काम गरेका थिए। त्यस फिल्मको सुटिङका क्रममा उनीहरु नजिकिए। सम्बन्ध अगाडि बढाउने सोच बनाए र बलिउडको सफल चलचित्र शोलेको काम सकेपछि  हेमा र धर्मेन्द्रले विवाह गरे।

सैफ अली खान र करीना कपुर

सैफीना युतो र एलओसी कारगीलमासँगै काम गरेपनि करिना र सैफको सम्बन्ध भने फिल्म टशनबाट अगाडि बढ्यो। त्यो सम्बन्धलाई उनीहरुले विवाहमा परीणत गरे।

अमिर खान र किरण राव

फिल्म लगान अमिर खानको लागि खास रह्यो। उनको फिल्म लगान ओस्कर अवार्डको लागि नोमिनेशनमा समेत परेको थियो। फिल्मले कारण बस ओस्कर अवार्ड भने पाउन सकेन। तर, अभिनेता अमिरले जीवनसाथी किरण रावलाई भने पाए।

ऋषि कपुर र नीतु कपुर


ऋषि कपुर र नीतु कपुरबीच पहिलो हेराइमा नै प्रेम भने बसेको थिएन। लामो संगतपछि उनीहरु नजिकिदै गए सम्बन्ध अगाडि बढ्दै गयो। अन्तिमत उनीहरु विवाहको बन्धनमा बाधिए।

अभिषेक बच्चन र ऐश्वर्या राय


अभिषेक बच्चन र ऐश्वर्या रायले पहिलो चलचित्र बन्टी और बबली र दोस्रो चलचित्र गुरुमा संगैकाम गरेका थिए। गुरुमा काम गर्दागर्दै अभिषेक बच्चन ऐश्वर्याको प्रेममा परे। चलचित्र गुरुको प्रमोशन सकिएपछि अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे।  ऐसले उनको प्रेम प्रस्ताव स्वीकार गरेपछि दुवैले विवाह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *