अझै सकिएन राजेश र धिरेनको शितयुद्ध

Comment
कुनै समय नेपाली फिल्म क्षेत्रमा आफ्नो दबदबा कायम गरेका अभिनेता हुन्, राजेश हमाल र धिरेन शाक्य । यी दुई हिरोको नेपाली फिल्ममा लगभग एकै समयमा प्रवेश भएको थिए । त्यसबेला उनीहरुलाई एक-अर्काका प्रतिस्पर्धी भन्ने गरिन्थ्यो । यद्यपि, हमाल र शाक्यले केही फिल्ममा भने एकसाथ काम गरेका छन् । तर, हमाल जस्तो लोकप्रियता भने धिरेनले कमाउन सकेनन् ।
हिरो हुन आकर्षक हाइट, बोल्ड आवाज र सगठित शरीर हुनुपर्छ भन्ने मानक स्थापित गरेका उनीहरुले ‘भीष्म प्रतिज्ञा’, ‘अर्जुन’, ‘सिमाना’ लगायतका केही फिल्ममा सँगै काम गरेका थिए । तर, एक समय बक्सअफिसमा हिट मेशिन भनिने अभिनेता द्वय राजेश हमाल र धिरेन शाक्यबीच झण्डै डेढ दशकदेखि शितयुद्ध चलेको छ । अझ भनौं, उनीहरुबीच ‘पानी बाराबार’ को सम्बन्ध छ ।
हमाल र धिरेनबीच बोलचाल बन्द हुनुको कारण फिल्मकर्मीदेखि दर्शक सबैलाई थाहा छ । एक फिल्मको प्रचारको क्रममा अभिनेता धिरेनले ‘राजेश हमाललाई चिन्दिनँ’ भनेका थिए । उनको यो अभिव्यक्तिले एक समय नेपाली फिल्म क्षेत्र तरंगीत बनेको थियो । कतिपयले उनमा स्टारडमको घमण्ड बढेको भन्दै टिप्पणी गरे । यो घटनाको बारेमा अझै पनि फिल्मवृतमा चर्चा हुन्छ ।
‘हमाललाई चिन्दिनँ’ भनेपछि धिरेनको करिअर एकाएक संकटमा परेको थियो । न उनका फिल्म चले न त फिल्म नै अफर भयो । सफलताको उत्कर्षमा रहँदा दिएको एउटा अभिव्यक्तिले उनको लोभलाग्दो क्रेज डामाडोल भयो । यसपछि हमाल र शाक्यबीच शितयुद्ध सुरु भएको हो । त्यो अहिले पनि कायमै छ । उनीहरु कुनै कार्यक्रममा भेट हुँदा समेत एकअर्कासँग बोल्दैनन् ।
शनिवार राजधानीमा भएको कामना अवार्डमा पनि अभिनेता द्वय राजेश हमाल र धिरेन शाक्य उपस्थित भएका थिए । यहाँसम्म कि उनीहरु एउटै रोहको कुर्सीमा निकै नजिकको दूरीमा समेत बसेका थिए । तर, कार्यक्रम अवधिभर उनीहरुले एकअर्कासँग बोल्नु त टाढाको कुरा अनुहारसम्म हेरेनन् । अभिनेता राजेश आफ्नै समकालीन अभिनेता भुवन केसीसँग बढी नजिक देखिन्थे ।
फोटोग्राफर विवेक बस्यालको क्यामेरामा कैद भएका तस्विरमा राजेश र धिरेन बसेको कुर्सीको अन्तर दुईवटा मात्र देखिन्छ । उनीहरुको बीचमा गायक आनन्द कार्की र एक निकै लामो दाह्री भएका व्यक्ति बसेका छन् । राजेशको छेउमा भने भुवन केसी र नीर शाह छन् । कार्यक्रम अवधिभर राजेशले न धिरेनतर्फ हेरे न धिरेनले राजेशतर्फ । दुबैको आँखा स्टेजमै केन्द्रित थियो ।
अझ रोचक कुरा कहाँ छ भने, हास्यकलाकार राजा राजेन्द्र आफ्नो प्रस्तुती दिन स्टेज चढे । उनले राजेश हमालमाथि बनेका जोक्सहरु सुनाउन थाले । त्यही बेला अभिनेता हमाल आफू बसेको कुर्सीबाट उठेर स्टेजतर्फ लागे । उनले ‘आफ्नै जोक्समा हाँस्न सकेन भने त्यो मर्द के मर्द’ भन्दै राजालाई अरु जोक्स सुनाउन आग्रह गरे । उनले कुराले कार्यक्रम हल तालीले गुञ्जिएको थियो ।
अभिनेता राजेश हमालले आफ्नो बारेमा बनेका दुईवटा जोक्स पनि सुनाए । उनले आफैंमाथि बनेका जोक्स सुनाउँदा कार्यक्रम हल पुनः हाँसो र तालीले गुञ्जयमान भयो । तर, स्टेज छेवैमा बसेका धिरेन शाक्य मुसुक्क पनि हाँसेनन् । न त ताली नै बजाउन आवश्यक ठाने । कामना अवार्डमा देखिएको यो दृश्यले पनि हमाल र शाक्यबीच कुन हदसम्म दुश्मनी छ भन्ने कुरा देखाउँछ ।

Comment Below

Latest Post

Latest Result

April 1, 2020

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो

March 27, 2020

अभिनेत्री रेखा थापाले सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिएर बस्न दिइन् यस्ताे सुझाव

March 27, 2020

सडकमा हिँड्नु आफ्नो अधिकार भन्दै युवती उफ्रिएपछि महिला प्रहरीकाे भेटिन् झापड

March 27, 2020

नायिका स्वस्तिमा खड्का-घरमा दिन कटाउन निकै गाह्रो भयाे

March 27, 2020

नायिका वर्षा शिवाकोटी-‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’

March 27, 2020

नायिका नम्रता श्रेष्ठ-घरमै बसौ र कोरोना भाइर विरुद्धमा लडौ

January 8, 2020

JOHNNY GENTLEMAN || New Nepali Full Movie 2020 | Paul Shah, Aanchal Sharma

January 7, 2020

डिभोर्स पछि रामकृष्ण ढकाल र निलम शाह पहिलोपटक स्टेजमा

January 6, 2020

अझै सकिएन राजेश र धिरेनको शितयुद्ध

January 6, 2020

यी बलिउड कलाकार, जसले चलचित्रकर्मीसँगै लगनगाँठाे कसे