वडाध्यक्ष खत्रीले नै मुग्रातीमाथि दुव्र्यवहार गरेको खुलासा

Comment

सांकेतिक तस्विर ।

पुस २१ सोमवार,२०७६
खोटाङ । काका भतिजबीचको लेनदेनको विषयमा उत्पन्न विवाद समाधानका लागि छलफल गराउनेक्रममा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्ष भीमबहादुर खत्रीले अर्जुन मुग्रातीमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ । मुग्रातीले आफूमाथि हातपात र दुव्र्यवहार गरेको बताएका वडाध्यक्षले पहिला अर्जुनमाथि नै दुव्र्यवहार गरेको खुलासा भएको हो ।

काका श्याम मुग्राती र भतिज अर्जुन मुग्रातीबीच लेनदेनको विषयमा विवाद भएको र विवाद मिलाउनका लागि छलफल गराउनेक्रममा अर्जुनले वडाध्यक्षमाथि मुक्का हानेको समाचार बाहिरिएपनि अन्ततः अर्जुनलाई कार्यकक्षबाटै गल्हत्याएर, हात र लात्तीले हानेर कार्यकक्षबाट आफूले बाहिर निकालेकोे सार्वजनिक भएको भिडियोमा वडाध्यक्षले वोलेका छन् ।

वडाध्यक्षले अर्जुनलाई बाहिर घोक्र्याएर निकाल्नेक्रममा अर्जुनले वडाध्यक्षको हात खुस्काउन खोज्दा वडाध्यक्षको नाकमा लागेको एक श्रोतले बताएको छ । आफूमाथि मुक्का प्रहार गरेको आरोप लगाउदै ३० वर्षीय अर्जुनविरुद्ध अभद्र व्यवहार गरेको भन्दै वडाध्यक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

अर्जुनले आफूमाथि मुक्का प्रहार गरेको वडाध्यक्ष खत्रीले बताउँदै आएपनि वडाध्यक्षले अर्जुनमाथि पहिला दुव्र्यवहार गरेको सार्वजनिक भएको भिडियोमा पाईएको छ ।

वडाध्यक्षले व्यक्तिगत रुपमा वडा कार्यालयबाट  अर्जुनविरुद्ध जाहेरी दिएपछि मुद्धा दर्ता गरेर म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नावय उपरिक्षक बामदेव गौतमले जानकारी दिए । वडाध्यक्षले अर्जुनमाथि दुव्र्यवहार गरेको वा अर्जुनले वडाध्यक्षमाथि दुव्र्यवहार गरेको भन्ने विषयमा अनुसन्धान गरि कसको गल्ती हो प्रमाणको आधारमा कार्वाही गरिने प्रनाउ गौतमले जानकारी दिए ।

ad space

Comment Below

Latest Post

Latest Result

April 1, 2020

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो

March 27, 2020

अभिनेत्री रेखा थापाले सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिएर बस्न दिइन् यस्ताे सुझाव

March 27, 2020

सडकमा हिँड्नु आफ्नो अधिकार भन्दै युवती उफ्रिएपछि महिला प्रहरीकाे भेटिन् झापड

March 27, 2020

नायिका स्वस्तिमा खड्का-घरमा दिन कटाउन निकै गाह्रो भयाे

March 27, 2020

नायिका वर्षा शिवाकोटी-‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’

March 27, 2020

नायिका नम्रता श्रेष्ठ-घरमै बसौ र कोरोना भाइर विरुद्धमा लडौ

January 8, 2020

JOHNNY GENTLEMAN || New Nepali Full Movie 2020 | Paul Shah, Aanchal Sharma

January 7, 2020

डिभोर्स पछि रामकृष्ण ढकाल र निलम शाह पहिलोपटक स्टेजमा

January 6, 2020

अझै सकिएन राजेश र धिरेनको शितयुद्ध

January 6, 2020

यी बलिउड कलाकार, जसले चलचित्रकर्मीसँगै लगनगाँठाे कसे