काठमाण्डौं: हङकङको एक रेस्टुरेन्टमा दुईवटा पेट्रोल बम आक्रमण भएको छ ।
स्पाइसगर्लस्थित साम सुको लाइ चिकक रोडमा रहेको रेस्टुरेन्टमा आएका दुई जना मुकुन्डोधारी व्यक्तिले पेट्रोल बम आक्रमण गरेपछी रेस्टुरेन्टमा आगलागी भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
सोमबार बिहान २ बजेसम्म खुला रहेको रेस्टुरेन्टमा कालो कपडा र मुकुन्डो लगाएका व्यक्तिले बम आक्रमण गरेको रेस्टुरेन्ट सन्चालकले बताएका छन्।
एक बम जलेको थियो भने अर्को बम नजलेको प्रहरीले बताएका छन्।
घटनामा केही मानविय क्षति नभएको जनाइएको छ। प्रहरीले सीसीटीभीको आधारमा आक्रमणकारीको खोजी गरिरहेका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बम आक्रमण गरिनुको कारण खुल्न सकेको छैन।
ad space