छात्रवृत्तिमा पढेका चिकित्सक सरकारले तोकेको स्थानमा नगए कडा कारवाही

Comment

सरकारी छात्रवृत्तिमा अध्ययन गरेका तर खटाएका ठाउँमा नजाने चिकित्सक बारबाहीमा पर्ने भएका छन् । अध्ययन पूरा गरेपछि सम्पर्कमै नआउने विशेषज्ञ चिकित्सक पनि कारवाहीमा पर्ने छन् । सरकारी छात्रवृत्तिमा अध्ययन गर्ने २० प्रतिशत चिकित्सक तोकिएको स्थानमा जाँदैनन् । जुन वर्षौदेखिको समस्या हो ।

सोमबार गोरखापत्रमा एउटा सूचना छापियो । सम्पर्क राख्न आउने अत्यन्त जरुरी सूचना शीर्षकमा सूचना जारी भएको छ । सूचना हो, छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सकका लागि । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्ज क्याम्पसबाट डर्माटोलोजीमा एमडी गरेकी डाक्टर सोनिया कोइरालालाई सात दिनभित्र सम्पर्कमा आउन मन्त्रालयले भनेको छ ।

कोइराला उदाहरण मात्र हुन् । यस्ता २० प्रतिशत चिकित्सक सरकारी रकममा पढ्ने तर, तोकिएको स्थानमा सम्पर्कमा नआउने समस्या रहेको छ । यो हामीले भनेको होइन, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी हो । छात्रवृत्तिमा अध्ययन गर्दा विशेषज्ञ चिकित्सकले जति वर्ष अध्ययन गरेको हो त्यती नै वर्ष सरकारले तोकेको स्थानमा काम गर्नुपर्ने कार्यविधि रहेको छ । यदि कार्यविधि अनुसार काम नगरे सरकारको लगानी असुल उपर गर्ने कारवाही हुनेछ ।

मन्त्रालयले छात्रबित्तिमा अध्ययन गरेर खटाएको ठाउ नजाने सबै चिकित्सकलाई कारबाही गरिने र यदी विदेश भए पासपोर्ट सम्म रद्द गरिने बताएको छ । सरकारले २०७२ देखि एमडिएमसमा छात्रवृत्तिमा पढाउन थालेको हो । छात्रवृत्तिमा खुलातर्फबाट नाम निकाली अध्ययन गरेका चिकित्सकले सुगम र दुर्गममा गरी निश्चित समय खटाएका स्थानमा सेवा दिनुपर्ने प्रावधान छ ।

एक विशेषज्ञ चिकित्सक उत्पादन गर्न सरकारको करिब २५ लाख लगानी गर्छ । हाल विभिन्न विषयमा ७ सय जनाले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । १ सय ४० जना पूर्ण रुपमा उत्पादन भैसकेका छन् तर, अधिकाश दुर्गम गएका छैनन् छात्रवृत्तिमा पढेका हरेक बर्ष १ सय ४० चिकित्सक उत्पादन हुन्छन् ।

Comment Below

Latest Post

Latest Result

April 1, 2020

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो

March 27, 2020

अभिनेत्री रेखा थापाले सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिएर बस्न दिइन् यस्ताे सुझाव

March 27, 2020

सडकमा हिँड्नु आफ्नो अधिकार भन्दै युवती उफ्रिएपछि महिला प्रहरीकाे भेटिन् झापड

March 27, 2020

नायिका स्वस्तिमा खड्का-घरमा दिन कटाउन निकै गाह्रो भयाे

March 27, 2020

नायिका वर्षा शिवाकोटी-‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’

March 27, 2020

नायिका नम्रता श्रेष्ठ-घरमै बसौ र कोरोना भाइर विरुद्धमा लडौ

January 8, 2020

JOHNNY GENTLEMAN || New Nepali Full Movie 2020 | Paul Shah, Aanchal Sharma

January 7, 2020

डिभोर्स पछि रामकृष्ण ढकाल र निलम शाह पहिलोपटक स्टेजमा

January 6, 2020

अझै सकिएन राजेश र धिरेनको शितयुद्ध

January 6, 2020

यी बलिउड कलाकार, जसले चलचित्रकर्मीसँगै लगनगाँठाे कसे