काठमाण्डौ: महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक शुद्धिकरणका लागि प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा एउटा टीम गठन गरेको छ ।
‘पर्फर्मेसन्स अडिट टीम’ नाम दिइएको उक्त टीमले प्रहरी कर्मचारीको आचरण लगायतका कुरालाई हेर्ने गरी मेट्रोले प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा विषेश टीम गठन गरेको हो ।
महानगरीय प्रहरी कार्यालय मातहतका प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्न र कार्यसम्पादनको अडिटका अनुगमन गर्नको लागि ५ सदस्यीय टोली गठन गरेको महानगरीय प्रहरी कार्यलयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञावलीले बताए ।
सो टोलीले उपत्यकाभित्रका परिसरहरू, अपराध महाशाखा, वृत्तहरू लगायतका प्रहरी कार्यालयका कर्मचारीको अनुगमन गर्नेछन् ।