स्थानीय तह निर्वाचनको झल्को : विव्यास निर्वाचनमा नेकपा र समाजवादीको संयुक्त प्यानल विजयी

Comment

खोटाङ पुष–२१, खोटाङको खार्मीस्थित कालिका माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्माणमा राजनीतिक दल निकट ब्यक्तिहरुवीच सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ मा पर्ने माविको व्यवस्थापन समितिका लागि सोमवार सम्पन्न निर्वाचनमा नेकपा र समाजवादी पार्टीका संयुक्त प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेसका तर्फवाट अध्यक्षको उम्मेदवार ज्ञानवहादुर श्रेष्ठलाई झण्डै तेव्वर मतान्तरले पछि पार्दै संयुक्त प्यानलवाट अध्यक्षका उम्मेदवार नेकपा निकट सुरेशकुमार तामाङको प्यानलै विजयी वनेको हो । विद्यालयमै सम्पन्न निर्वाचनमा तामाङले १ सय ३१ र श्रेष्ठले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत तथा प्रधानाध्यापक देवान राईले जनाउनुभयो ।

संयुक्त प्यानलमा तीनै जना सदस्य समाजवादीका तर्फवाट उम्मेदवार वनाईएको थियो । संयुक्त प्यानलका लागि खुल्ला सदस्यका उम्मेदवार यामवहादुर राईले १ सय २७, महिला सदस्यमा वालकुमारी राईले १ सय २१ र दलित सदस्यमा वत्ति दर्नालले १ सय २५ मत प्राप्त गरी विजयी वन्नसभएको निर्वाचन अधिकृतवाट जानकारी आएको छ ।

कांग्रेसका प्यानलवाट खुल्ला सदस्यका उम्मेदवार कृष्णवहादुर खत्रीले ५१, महिलामा सञ्चना श्रेष्ठले ५१ र दलित सदस्यमा धनकुमारी दर्जीले ४८ मत ल्याउनुभएको छ । विजयीहरुलाई सोमवारै प्रमाणपत्र प्रदान गरिएको छ । १ सय ८९ मतदातामध्ये १ सय ८१ मत खसेका थिए । ३ मत भने वदर भएको जनाईएको छ ।

यसअघि पनि सुरेश तामाङ नै विद्यालय व्यवस्थापनको अध्यक्ष रहनुभएको थियो ।

यसैवीच, विद्यालय जस्तो पवित्र संस्थामा राजनीति हुनु दुखद् भएको स्थानीयको गुनासो छ । विद्यालय व्यवस्थापन समितिमा सहमति जुटाउनुतर्फ नलागी दलीय हिसावले लुछाचुँडी गर्नु लज्जास्पद भएको स्थानीय ईखवहादुर राईले उल्लेख गर्नुभएको छ ।

भोट माग्ने अभियान, आचारसंहिता लागु जस्ता पक्षलाई हेर्दा विव्यास निर्वाचनले स्थानीय तहको झल्को दिएको स्थानीय वताउँछन् ।

ad space

Comment Below

Latest Post

Latest Result

April 1, 2020

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो

March 27, 2020

अभिनेत्री रेखा थापाले सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिएर बस्न दिइन् यस्ताे सुझाव

March 27, 2020

सडकमा हिँड्नु आफ्नो अधिकार भन्दै युवती उफ्रिएपछि महिला प्रहरीकाे भेटिन् झापड

March 27, 2020

नायिका स्वस्तिमा खड्का-घरमा दिन कटाउन निकै गाह्रो भयाे

March 27, 2020

नायिका वर्षा शिवाकोटी-‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’

March 27, 2020

नायिका नम्रता श्रेष्ठ-घरमै बसौ र कोरोना भाइर विरुद्धमा लडौ

January 8, 2020

JOHNNY GENTLEMAN || New Nepali Full Movie 2020 | Paul Shah, Aanchal Sharma

January 7, 2020

डिभोर्स पछि रामकृष्ण ढकाल र निलम शाह पहिलोपटक स्टेजमा

January 6, 2020

अझै सकिएन राजेश र धिरेनको शितयुद्ध

January 6, 2020

यी बलिउड कलाकार, जसले चलचित्रकर्मीसँगै लगनगाँठाे कसे