Wednesday, December 2, 2020
Online Awaj > समचार > भ्रमण वर्ष २०२० को उद्घाटन

भ्रमण वर्ष २०२० को उद्घाटन

काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा बुधबार हुने भएको छ ।

औपचारिक उद्घाटनका लागि भ्रमण वर्ष सचिवालयले तयार पारेको उक्त कार्यक्रम तालिकाअनुसार व्यवस्थापन खर्चमात्रै करिब दुई करोड लाग्ने अनुमान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत मन्तव्यसँगै स्मार्ट फोनमार्फत भ्रमण वर्षको भाइबर स्टिकर सार्वजनिक गर्दै शुभकामना मन्तव्य राख्ने छन् ।

उक्त कार्यक्रममा करिव तीन मिनेटको एनिमेटेड भिडियो देखाइने छ   भने नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका टोलीले नृत्य प्रस्तुत गर्नेछन् र विभिन्न गायकमार्फत ‘नेपाल हेर्न आउ’ बोल गीत प्रस्तुत हुनेछ ।

सातै प्रदेशको मौलिक नृत्य प्रस्तुतिको कार्यक्रम, विभिन्न संस्थाले फ्युजन र सांस्कृतिक नृत्य प्रस्तुत, मण्डला भिडियो सार्वजनिक र सुशीला आर्ट एकेडेमीले कुमारी नाटक प्रस्तुत गर्नेछ ।

‘लाइट शो’ मार्फत भ्रमण वर्ष २०२० क्याम्पेनको औपचारिक सुरुवात हुने सचिवालयले तयार पारेको तालिकामा उल्लेख छ ।

भ्रमण वर्ष उद्घाटनका लागि सचिवालयले १७ हजारवटा निमन्त्रणा पत्र तयार गरेको र उक्त कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेका छ । समारोहमा स्वदेशी तथा विदेशी आमन्त्रित १२ हजारको सहभागिता रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *