Wednesday, December 2, 2020
Online Awaj > मनोरञ्जन > नायिका स्वस्तिमा खड्का-घरमा दिन कटाउन निकै गाह्रो भयाे

नायिका स्वस्तिमा खड्का-घरमा दिन कटाउन निकै गाह्रो भयाे

नायिका स्वस्तिमा खड्कालाई घरमा बस्न खासै मन पर्दैन । एक दिन पनि घरमा बस्नु पर्यो भने ‘बोर’ हुन्छिन् उनी । तर, अहिले वाध्यताले गर्दा झण्डै एक सातादेखि घरभित्रै ‘नजरबन्द’ छिन् ।

 

 

 

घरमा दिन कटाउन निकै गाह्रो भइरहेको छ उनलाई । स्वस्तिमाले भनिन्, ‘म एक दिन पनि घरमा बस्न नसक्ने मान्छे । एकदिन घर बस्नु परे मलाई उकुसमुकुस हुन्छ । अहिले मलाई साँच्चिकै गाह्रो भइरहेको छ ।’

 

 

 

स्वस्तिमालाई पुस्तक पढ्ने आदत छैन । त्यसैले चलचित्र हेर्नुको विकल्प छैन ।उनले भनिन्, ‘पुस्तक नपढ्ने भएकाले चलचित्र हेर्ने काम मात्र भइरहेको छ । ट्रेण्डिङमा पनि यहीँ भाइरससँग सम्बन्धित विषयहरु नै आइरहेको हुन्छ । त्यसलाई छोडेर अरु जे भेट्यो त्यही हेरिरहेको छु ।’