Wednesday, December 2, 2020
Online Awaj > मनोरञ्जन > अभिनेत्री रेखा थापाले सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिएर बस्न दिइन् यस्ताे सुझाव

अभिनेत्री रेखा थापाले सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिएर बस्न दिइन् यस्ताे सुझाव

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले चैत ११ देखि लकडाउन गरेको छ । यो समयमा सबै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । सबैलाई घरबाहिर ननिस्कन कलाकारले पनि आग्रह गरिरहेका छन् ।

 

 

अभिनेत्री रेखा थापाले पनि सबैलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित भएर दूरी कायम गरेर बस्नुपर्ने सबैको पहिलो कर्तव्य रहेको बताएकी छन्। आफ्नो फेसबुक पेजमा धारणा राख्दै नायिका थापाले इन्टरनेट र सञ्जाल मार्फत् आ-आफनो टोल समुदायको कार्य समूह बनाएर बस्नुपर्ने बताएकी छन् ।

 

 

‘१०-१५ घरको बीचमा पाँच पाँचजनाको स्वयमसेवक टोली पनि सूचिकृत गरिराखौं’, उनले लेखेकी छन्, ‘अप्ठेरोमा परेका परिवारलाई मद्दत गर्ने अनलाइन नेटवर्क बनाइ राखौं । हामी सुरक्षित छौं र हुनेछौं ।’ उनले देशलाई भवितव्य पर्दा सबैको भूमिका के हुन्छ भन्नेबारे सोच्नुपर्ने बताएकी छन् ।