Wednesday, December 2, 2020
Online Awaj > मनोरञ्जन > नायिका वर्षा शिवाकोटी-‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’

नायिका वर्षा शिवाकोटी-‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’

कोभिड–१९ का कारण आजदेखि एकसाताका लागि देश लकडाउन गरिएको छ। सेल्फ आइसोलेसनमा बस्दै आएका मानिसहरू के गर्ने भन्ने योजना बनाउँदैछन्। कोही पुस्तक पढिरहेका छन्, कोही चलचित्र हेरिरहेका छन्।

 

 

यसैक्रममा नायिका वर्षा शिवाकोटीले लकडाउनको सदुपयोग गर्दै शारीरिक व्यायाम गरेको बताएकी छन्। घरको छतमा शारीरिक व्यायाम गर्दै उनले लकडाउनको सदुपयोग गरेकी हुन्। ‘लकडाउनको सदुपयोग गरौं, स्वास्थ्यलाई ध्यान दिऊँ’ भन्दै उनले व्यायाम गरिरहेको एक भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन्।